काठमाडौँ — आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेले पर्वत जिल्लामा प्रतिनिधि सभा तर्फको टिकट युवा नेता तथा निवर्तमान सांसद पदम गिरीलाई दिएको छ।
शुक्रवार एमालेले गिरीलाई प्रतिनिधि सभा र प्रदेश सभामा भरत भक्त केसी, मित्रलाल शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमाले पर्वत जिल्ला अध्यक्ष समेत रहेका गिरि गत प्रतिनिधि सभामा सबैभन्दा कान्छा सांसदको रुपमा परिचित थिए।
बिधार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेका उनी देशकै सबैभन्दा बढी बिधार्थीले अध्यन गर्ने क्याम्पसको रुपमा परिचित पोखराको पृथ्वीनारायण क्याम्पसबाट २०६२ सालको स्वतन्त्र विद्यार्थी यूनिएनको निर्वाचनमा सभापतिमा निर्वाचित भएका थिए ।
बिधार्थी राजनीतिबाट युवा अवस्थामै राजनीतिमा होमिएका उनले गत निर्वाचनमा पर्वतबाट लगातार तीन पटक निर्वाचन जितेका नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुन जोशीलाई भारी मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्य बनेका थिए। जिल्लाबाट निर्वाचित भएपछी उनको कार्यकाल पर्वत जिल्लाको बिकासमा एक कोशेढुंगा साबित भएको विश्लेषण जिल्लामा हुने गरेको छ।
बिकास मात्र नभई जिल्लामा पार्टीलाई समेत उनले शसक्त बनाएका छन्। गत स्थानीय तहको निर्वाचनमा जिल्लाका सातवटै स्थानीय तहमा एमालेका बहुमत सदस्य निर्वाचित भएका छन् । अघिल्लो स्थानीय निर्वाचनमा बहुमत गुमाएका पालिकामा समेत यसपटक बहुमत सदस्य निर्वाचित गराउन एमाले सफल भएको हो । यसमा गिरीको प्रभाव रहेको नेताहरु बताउछन।