logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • पाँच दलीय गठबन्धन छोडेको जसपासंग एमालेले गर्यो तालमेल, यसरी भयो सिट बाँडफाँट (सूचीसहित)

    पाँच दलीय गठबन्धन छोडेको जसपासंग एमालेले गर्यो तालमेल, यसरी भयो सिट बाँडफाँट (सूचीसहित)

    4.5K
    Shares
    पाँच दलीय गठबन्धन छोडेको जसपासंग एमालेले गर्यो तालमेल, यसरी भयो सिट बाँडफाँट (सूचीसहित)

    काठमाडौं– नेकपा एमाले र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा०बीच चुनावी तालमेलको सहमति भएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दुवै दलले चुनावी तालमेलको सहमति गरेका छन् । सहमतिपत्रमा अध्यक्ष ओली र यादवले हस्ताक्षर गरेका छन् ।

    सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधि सभामा प्रदेश नम्बर १ मा दुई सिट, मधेस प्रदेशमा १४ सिट, लुम्बिनी प्रदेशमा एक सिटमा सघाउने छ । एमालेले प्रदेश सभाका लागि सुदूरपश्चिम प्रदेशको १ ९ख०मा पनि सघाउने सहमति भएको छ ।

    जसपाले एमालेलाई ३५ सिटमा सघाउने सहमति भएको छ । बाँकी सिटमा दुई दलबीच मित्रवत् प्रतिस्पर्धा गर्ने र चुनावपछि पनि निरन्तरता दिने सहमति भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

    यस्तो छ सहमति 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend