काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डको बैठकले प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उम्मेदवारहरूको टुंगो लगाएको छ। गएराति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले उम्मेदवारहरूको टुंगो लगाएको हो। बैठकले कञ्चनपुरबाट एनपी साउँद र रमेश लेखक, कैलाली १ बाट रामजनम चौधरी, कैलाली ४ बाट वीरबहादुर बलायर, सुर्खेतबाट पूर्ण बहादुर खड्का र ह्रदयराम थानी, दाङ ३ बाट दिपक गिरी, स्याङ्जाबाट राजु थापा र धनराज गुरुङ, तनहुँ १ बाट रामचन्द्र पौडेल, रुपन्देही ३ बाट बालकृष्ण खाँण, अर्घाखाँचीबाट पुष्पा भुसाल, नवलपरासी पूर्व १ बाट शशांक कोइराला, मकवानपुर १ बाट महालक्ष्मी उपाध्ययलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
त्यस्तै काठमाडौं १ बाट प्रकाशमान सिह, काठमाडौं ४ बाट गगन थापा, काठमाडौं ६ बाट भिमसेनदास प्रधान, काठमाडौं बाट १० राजन केसी, ललितपुर १ बाट उदय शमशेर राणा, भक्तपुर २ बाट दुर्लभ थापा, काभ्रे २ बाट शिव हुमागाई, सिन्धुपाल्चोक २ बाट मोहन वस्नेत,रामेछापबाट कान्छाराम तामाङ, रसुवाबाट मोहन आचार्य, उदपुर १ बाट नारायण खड्का, बारा १ बाट उमाकान्त चौधरी, सुनसरी ४ बाट ज्ञानेन्द्र ब कार्की, धनकुटा बाट सुनिल ब थापा, मोरङ ६ बाट शेखर कोइराला, झापा १ बाट विश्व प्रकाश शर्मा, झापा ३ बाट कृष्णप्रसाद सिटौला, पाँचथरबाट भीष्म आङ्दम्यलाई उम्मेदवार बनाउने संसदीय बोर्डको बैठकले निर्णय गरेको छ।