logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भीम रावललाई टिकट नदिएपछि अछामका ४० नेताले छोडे एमाले

    भीम रावललाई टिकट नदिएपछि अछामका ४० नेताले छोडे एमाले

    9.8K
    Shares

    काठमाडौं । नेकपा एमालेले भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् । एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन् ।

    पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरुले पार्टी छाडेको उनीहरुले बताएका छन् ।
    अछाम १ बाट रावलको नाम एकल रुपमा सिफारिसमा परेको थियो तर उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएनन् । ओलीले रावलको क्षेत्रमा भपट बोहोरालाई टिकट दिएका छन् ।
    बोहोरा नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend