काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभाको निर्वाचन चितवनबाटै लड्ने भएका छन् । उनी चितवन क्षेत्र नं २ बाट निर्वाचन लड्ने तयारीका साथ यहाँ आएका हुन्।
लामिछाने चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट उम्मेदवार बन्ने भएपछि लामिछानेले चितवन २ बाट उम्मेदवार बन्न लागेका हुन् ।