काठमाडौँ । नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्वर १ मा योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
काँग्रेसको आज बसेको बैठकले चितवन १ मा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सो क्षेत्रबाट एमालेले सुरेन्द्र पाण्डेलाई उमेद्वार बनाउने निर्णय गरीसकेको छ।
चितवन १ मै डा.स्वर्णिम वाग्लेले उम्मेदवार बन्न इच्छा जाहेर गरेका थिए । तर उनले टिकट पाएनन् ।वाग्ले शेखर गगन गुट र पौडेल देउवा गुटमा छन् ।पौडेल चितवनको रत्नगरका मतदाता हुन् ।
चितवन क्षेत्र नम्वर १ (क) मा नेपाली काँग्रेसले किरण ओलीलाई उम्मेदवार बनाउने भएको छ । पार्टीको क्षेत्रिय सभापति रहेका उनलाई प्रदेशसभाको उम्मेदवार बनाउने निर्णय काँग्रेसले गरेको हो ।