logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • टिकट नपाएपछि मिनेन्द्रले सम्झिए महाधिवेशन-देउवाबाट यस्तै हुन्छ भनेर अरु नै सभापति हुनुपर्छ भनेर उभिएको हुँ

    टिकट नपाएपछि मिनेन्द्रले सम्झिए महाधिवेशन-देउवाबाट यस्तै हुन्छ भनेर अरु नै सभापति हुनुपर्छ भनेर उभिएको हुँ

    3.3K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले आगामी निर्वाचनका लागि कांग्रेसले टिकट नदिएपछि आक्रोशित बनेका छन् ।
    उनले अहिलेको टिकट वितरणबाट सभापति शेरबहादुर देउवाको विवेकको पनि परीक्षण भएको बताएका छन् ।

    २०७४ मा मोरङ २ बाट निर्वाचित सांसद रिजाल यो पटक पनि उम्मेदवार बन्ने दौडमा थिए । तर सभापति देउवाले सुजाता कोइरालालाई टिकट दिएका छन् ।

    पूर्वमन्त्री समेत रहेका रिजालले भने आफूलाई टिकट नदिएको औपचारिक जानकारी पार्टीले नदिएको, तर सुजाताले टिकट पाएको अन्यत्रबाटै गाहा पाएको बताए ।
    ‘सुजाताप्रति मेरो कुनै गुनासो छैन । उहाँ मेरो साथी नै हो, उहाँको भलो होस् भन्ने नै चाहन्छु ।’ उनले भने ।

    तर आफूले टिकट नपाउनुबाट देउवाको विवेकको परीक्षण भएको रिजालले बताए ।

    ‘मैले के भन्ने ? उहाँबाट यस्ता काम हुनसक्छ भनेर देउवा होइन, अरु नै सभापति हुनुपर्छ भनेर उभिएको हुँ’, उनले भने, ‘मैले टिकट पाउने नपाउने भन्दा कांग्रेसमा नेतृत्वमाथि औंला उठाउने अधिकार नहोला कि भन्ने चिन्ता बढेको छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend