काठमाडौं– एमाले नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
काभ्रे २ बाट बास्कोटाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
बास्कोटाले हँसिलो मुद्रामा विजयी भावसहित मनोनयन दर्ता गराएको देखिन्थ्यो । उनीसँग कांग्रेसका शिव हुमागाईं गठबन्धनका तर्फबाट मैदानमा छन् ।
बास्कोटाले आफ्नो विजय सुनिश्चित रहेको दाबी गरेका छन् ।
२०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित बास्कोटाले जिल्लामा विकासका अर्बौं योजना लगेका छन् ।