logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एमालेको समर्थनमा दिपक मनाङेले गराउँदैछन् उम्मेदवारी दर्ता

    एमालेको समर्थनमा दिपक मनाङेले गराउँदैछन् उम्मेदवारी दर्ता

    2.1K
    Shares

    पोखरा । गण्डकी प्रदेशका खेलकुद मन्त्री दीपक मनाङेलाई यसपटक पनि नेकपा एमालेले समर्थन गर्ने भएको छ । मनाङले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट उम्मेदवारी दर्ता गराउँदैछन् । उनलाई एमालेले नै समर्थन गर्ने भएको छ । ‘उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेका छौं, अब केहीबेर हुन्छ’ एमाले नेता पाल्देन गुरुङले भने । पार्टीको निर्णय अनुसार नै प्रदेशसभा तर्फ मनाङेलाई समर्थन गर्न लागेको उनले बताए ।

    २०७४ को चुनावमा पनि मनाङेले एमालेको समर्थनमा नै चुनाव जितेका थिए । त्यसबेला वाम गठबन्धन भएकाले माओवादी केन्द्रले पनि उनलाई नै मत दिएको थियो । मनाङे अहिले नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री छन् ।

    पहिले उनी एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मन्त्री थिए । मनाङेकै कारण एमाले नेतृत्वको सरकारले बहुमत गुमायो भने कांग्रेस नेतृत्वको सरकार बनेको थियो । फेरि तिनै मनाङेलाई एमालेले समर्थन गर्ने भएको छ । प्रतिनिधिसभामा भने एमालेबाट निवर्तमान सांसद पाल्देन गुरुङले उम्मेदवारी दिदैछन् । प्रदेशसभा क मा दोर्जे डुन्डुल गुरुङले टिकट पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend