logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बालुवाटार प्रकरणमा मुछिएको भन्दै गच्छदारको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा उजुरी

    बालुवाटार प्रकरणमा मुछिएको भन्दै गच्छदारको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा उजुरी

    2.7K
    Shares
    बालुवाटार प्रकरणमा मुछिएको भन्दै गच्छदारको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा उजुरी

    काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उम्मेदवारी खारेजी माग गर्दै उजुरी परेको हो ।

    गच्छदार ललिता निवास जग्गा प्रकरणका आरोपित हुन् । उनै ललिता निवास जग्गा प्रकरणका आरोपित गच्छदारको उम्मेदवारी खारेजका लागि आयोगमा उजुरी परेको हो । गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका थिए ।

    नेता गच्छदार बालुवाटार जग्गा प्रकरणमा १० लाख धरौटीमा रिहा भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend