logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बागी उम्मेदवार र जसपाबाट बनेका मन्त्रीहरूबारे निर्णय लिन गठबन्धनको बैठक बस्दै

    बागी उम्मेदवार र जसपाबाट बनेका मन्त्रीहरूबारे निर्णय लिन गठबन्धनको बैठक बस्दै

    2K
    Shares

    काठमाडौं । आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुन लागेको हो। प्रधानमन्त्री देउवाको सचिवालय स्रोतका अनुसार बैठक आज दिउँसो २ बजे बालुवाटारमा बस्नेछ।

    बैठकमा देशका विभिन्न क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषय र जसपाले गठबन्धन छाडेकोले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूलाई के गर्ने भन्नेबारे छलफल हुने स्रोतको भनाइ छ। सत्ता गठबन्धनका शीर्ष नेताहरूले तालमेल गरेका क्षेत्रमा बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिने तयारी पनि गरेका छन्।

    यस्तै जसपाका चार जना मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गर्ने वा बर्खास्त गर्ने भन्नेबारे पनि छलफल हुनेछ। देउवा नेतृत्वको सरकारमा जसपाबाट प्रदीप यादव वन मन्त्री, मोहम्मद इस्तियाक राईभौतिक पूर्वाधार तथा यातायात मन्त्री, राजेन्द्रकुमार श्रेष्ठ संघीय मामिला तथा समान्य प्रशासन मन्त्री र मृगेन्द्रकुमार सिंह कृषि मन्‍त्री छन् ।

    जसपाले सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend