logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • प्रभू साहदेखि सशंकित थिए ओली, भीम रावलको प्रश्न- ‘हरियो साप’लाई एमालेमा कसले हुर्कायो ?

    प्रभू साहदेखि सशंकित थिए ओली, भीम रावलको प्रश्न- ‘हरियो साप’लाई एमालेमा कसले हुर्कायो ?

    4.7K
    Shares

    काठमाडौं– स्थायी कमिटी सदस्य प्रभू साहको गतिविधिदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सशंकित रहेको सार्वजनिक भएको छ । अध्यक्ष ओलीले यसलाई ‘संदिग्ध गतिविधि’ भनी टिप्पणी गरेका छन् ।

    साहले मधेसमा ८ वटा सिटमा आफू निकटलाई टिकट दिन प्रयत्न गरेका थिए । तर, तीन जनाले मात्रै टिकट पाएपछि रुष्ट रहेका थिए ।

    ओली झापा रहेकैबेला साहले दलको उम्मेदवारी पन्छाएर स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको सूचना आएको थियो । उनले सूचना पाउनासाथ भनेका थिए, ‘एउटा घाँडो पन्छिने भयो ।’

    ‘उहाँ केही समयदेखि संदिग्ध गतिविधिमा हुनुहुन्छ भनी साथीहरुले भन्दैहुनुहुन्थ्यो, मैले पत्याएको थिइनँ,’ एउटा टिभीसँग प्रतिक्रिया दिँदै ओलीले भने, ‘उहाँले स्वतन्त्र रहन्छु, दलबाट बाहिर रहन्छु भनेपछि त्यो स्थिति उत्पन्न हुने नै भयो ।’

    साहले एमालेबाट रौतहट ३ का लागि टिकट पाएका थिए ।

    तत्कालीन नेकपाबाट एमाले र माओवादी केन्द्र अलग हुँदा साहले एमाले रोजेका थिए ।

    साहले रौतहट ३ बाट उम्मेदवारी दिँदै गर्दा किरण साह रौतहट २ बाट, प्रदीप साह रौतहट ४ बाट, राम आधार कापड महोत्तरी ३ बाट, मानबहादुर खडका सर्लाही १ बाट, किसोरी साह धनुषा १ बाट, कृष्ण कुमार महतो, धनुषा ४ बाट, संतोष श्रेष्ठ पर्सा १ बाट उम्मेदवारी दिएका छन् । प्रदेश सभातर्फ १७ जनाको उम्मेदवारी परेको छ । ती सबै साह पक्षका हुन् ।

    नेकपा एमालेका नेता भीम रावलले प्रभू साहको भूमिकाप्रति पार्टी नेतृत्वमाथि प्रश्न उठाएका छन् । नेता साहले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिए पनि नेता रावल त्यसबारेमा बोलेका हुन् ।

    उनले ट्विटरमा लेखेका छन्, ‘प्रभु साहको विद्रोह बारे निज पहिलेदेखि सन्दिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो। हरियो सर्प भनेको पनि आयो। सन्दिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को र आज अनेकौँ सन्दिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend