logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • माओवादीको भागमा परेको काठमाडौं १० मा कांग्रेसले पनि उम्मेदवारी दिएपछि गठबन्धन भंग, एक्लएक्लै भिड्ने

    माओवादीको भागमा परेको काठमाडौं १० मा कांग्रेसले पनि उम्मेदवारी दिएपछि गठबन्धन भंग, एक्लएक्लै भिड्ने

    3.9K
    Shares

    काठमाडौं । काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडेको घोषणा गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्रमा नेकपा माओवादी केन्द्रको भागमा परेको छ । जस अनुसार माओवादीकी अञ्जना विशंखेलाई उम्मेदवार बनाएको थियो । तर नेपाली कांग्रेसका नेता राजन केसीले पनि उम्मेदवारी दिए । दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेस र मओवादीले एक–एक वटा लिने सहमति भएको थियो । तर प्रदेशसभामा पनि सत्ता गठबन्धनका एक भन्दा बढी दलबाट उम्मेदवारी परेको छ ।

    काठमाडौं १० को कमा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रक दिलिप महर्जनले उम्मेदवारी दिएका छन् । काठमाडौं १० ख मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको बताइन् ।

    अघिल्लो निर्वाचनमा काठमाडौं–१० मा बाम गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका थिए । कांग्रेसका केसीले २४ हजार १ सय ९० मत ल्याउँदा माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मात्रै मत ल्याएका थिए ।

    काठमाडौंका अधिकांश क्षेत्रमा माओवादी कमजोर छ । काठमाडौंका निर्वाचन क्षेत्रमध्य बढी मत पाएको भनेको क्षेत्र नं. १० मात्रै हो । २०७४ सालमा समानुपातिक पद्धतितर्फ माओवादीले ७ हजार ७६६ मत पाएको थियो । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादीका वडाध्यक्षका उम्मेदवारले ७ हजार २६९ रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend