logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • राताम्मे शेयर बजार, ५५ करोडको मात्रै कारोबार

    राताम्मे शेयर बजार, ५५ करोडको मात्रै कारोबार

    2.1K
    Shares

    काठमाडौं । मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन आज परिसूचक नेप्से १६.०६ अंक अर्थात ०.८६ प्रतिशत ले गिरावट भएर १८५५.१६ अंकमा बन्द भएको छ । दशैं बिदापछि आइतबार खुलेको नेप्से ४४ अंकले वृद्धि भएर बन्द भएको थियो । सोमबार २७ अंकले गिरावट भएको नेप्से मंगलबार पनि घटेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.२१ अंकले गिरावट भएर ३६३.६३ अंकमा बन्द भएको छ ।

    मंगलबार व्यापार, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचकमा सामान्य वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम पनि घटेर ५५ करोडमा सीमित भएको छ ।
    आइतबार ८४ करोडको कारोबार भएको बजारमा सोमबार बढेर ९७ करोड पुगेको थियो । तर, मंगलबार १७ लाख ६८ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा ५५ करोड २८ लाख १० हजारको मात्रै कारोबार भएको छ ।

    जसमध्ये नबिल बैंकको सर्वाधिक ३ करोड १० लाख ९ हजारको कारोबार हुँदा नेपाल लाइफको २ करोड ४३ लाख ६८ हजार र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य २ करोड १९ लाखको कारोबार भएको छ । मंगलबार बजारमा कुल १८४ कम्पनीको सेयर कारोबार भएकोमा १४२ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ३३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ९ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    मंगलबार कारोबार भएकामध्ये समिट लघुवित्त र अभियान लघुवित्तको शेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ८.५२ प्रतिशत र रुरु जलविद्युत् कम्पनीको सेयरमूल्य ७.८४ प्रतिशतले वृद्धि भएको छ । यता बिन्दवासिनी लघुवित्तको शेयर मूल्य सर्वाधिक ७.१८ प्रतिशतले गिरावट हुँदा सिंगटी हाइड्रोपावरको सेयर मूल्य ४.२६ प्रतिशत र नेरुडे लघुवित्तको सेयरमूल्य ३.८३ प्रतिशतले गिरावट भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend