logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • फ्लोरिडामा आँधीः मृत्यु हुने १०२ पुगे

    फ्लोरिडामा आँधीः मृत्यु हुने १०२ पुगे

    2K
    Shares
    फ्लोरिडामा आँधीः मृत्यु हुने १०२ पुगे

    फ्लोरिडा। अमेरिकाको फ्लोरिडामा इयान आँधीका कारण १०२ जनाको मृत्यु भएको छ । फ्लोरिडा मेडिकल परीक्षक आयोगले राज्यव्यापी आँधीका कारण उनीहरूको मृत्यु भएको हो ।  आँधीबाट राज्यको दक्षिणपश्चिम सबैभन्दा बढी प्रभावित छ ।

    इयान संयुक्त राज्य अमेरिकामा अहिलेसम्म आएको सबैभन्दा शक्तिशाली आँधी हो। यो सेप्टेम्बर २६ मा एक शक्तिशाली श्रेणी ४ तुफानको रूप तटीय क्षेत्रमा प्रहार गरेको थियो । आँधीका कारण यस राज्यले यसअघि कहिल्यै नदेखेको ठूलो विनाशको साक्षी बनेको छ ।

    उत्तरी क्यारोलिनामा अर्को पाँच जनाको मृत्यु भएको राज्यका गभर्नरले रिपोर्ट गरेका थिए । ल्यान्डफल गरेपछि आँधी फ्लोरिडा र एट्लान्टिक महासागरमा पुगेको थियो । आँधीले फ्लोरिडामा ठूलो भौतिक क्षति गरेको छ । अधिकारीहरूले अनुमान गरेका छन् कि विनाशकारी तटीय क्षेत्रहरूको पुनर्निर्माण गर्न लगभग ५० अर्ब डलर खर्च हुनेछ । पुननिर्माणका लागि महिनौं लाग्ने अपेक्षा गरिएको छ ।

    गत साता अमेरिकी राष्ट्रपति जो बाइडेनले इयान तुफानबाट भएको विनाशको आँकलन गर्न फ्लोरिडाका गभर्नर रोन डेसेन्टिससँग भेट गरेका थिए । सन् २००५ मा क्याट्रिना तूफानले अमेरिकाको खाडी तटमा विनाश ल्याएको थियो । आँधीका कारण करिब १४ सय मानिसहरूको मृत्यु  हुनुका साथै अर्बौं डलरको क्षति भएको थियो । त्यस्तै सन् २०१२ मा आएको  आँधीमा २३३ जनाको मृत्यु भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend