logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • प्रदेश सभामा प्रत्यक्षमा एकजना तेस्रो लिंगी उम्मेदवार, प्रतिनिधि सभामा शून्य

    प्रदेश सभामा प्रत्यक्षमा एकजना तेस्रो लिंगी उम्मेदवार, प्रतिनिधि सभामा शून्य

    3.4K
    Shares
    प्रदेश सभामा प्रत्यक्षमा एकजना तेस्रो लिंगी उम्मेदवार, प्रतिनिधि सभामा शून्य

    काठमाडौं– २०६४ सालको संविधानसभामा एक जना तेस्रो लिंगी सांसद थिए– सुनिलबाबु पन्त । पन्त एमालेमा प्रवेश गरेका छन् । त्यसपछि संसदमा तेस्रो लिंगीको प्रतिनिधित्व भएको छैन ।

    २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभामा निर्वाचनमा प्रतिनिधि सभामा एक जनाले पनि प्रत्यक्षतर्फ उम्मेदवारी दिएनन् । प्रतिनिधि सभामा २ हजार १ सय ८७ पुरुष, २२५ महिला उम्मेदवार हुँदा तेस्रो लिंगीले उम्मेदवारी दिएनन् ।

    प्रदेश सभामा २९४३ पुरुष, २८० महिला उम्मेदवार हुँदा एक जना मात्रै तेस्रो लिंगीले उम्मेदवारी दिएका छन् । सर्लाही क्षेत्र नम्बर २ (२)बाट एक जना तेस्रो लिंगीले उम्मेदवारी दिएका हुन् । नेपाल जनता पार्टीका ५८ वर्षीय महेन्द्र साह तेलीले समग्रमा तेस्रो लिंगीको प्रतिनिधित्व गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend