logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • नाइजेरियामा बाढीः कम्तीमा ५०० जनाको मृत्यु

    नाइजेरियामा बाढीः कम्तीमा ५०० जनाको मृत्यु

    2.1K
    Shares
    नाइजेरियामा बाढीः कम्तीमा ५०० जनाको मृत्यु

    एजेन्सी । नाइजेरियामा एक दशकमा आएको सबैभन्दा खराब बाढीमा परेर करिब ५०० जनाको मृत्यु भएको छ । वर्षा मौसममा आएको बाढीपहिरोमा अन्य १४ लाख मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।

    प्रचुर वर्षा र कमजोर पूर्वाधारको कारणले गर्दा आएको बाढीले अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको देश स्पार्किनको ठूलो भागलाई असर गरेको छ । जारी संकटले  खाद्य असुरक्षा र मुद्रास्फीतिलाई अझ खराब बनाउने अनुमान गरिएको छ ।

    नाइजेरियाको मानवीय मामिला मन्त्रालयले भनेको छ, ‘वर्षापछिको बाढीपहिरोका कारण १४ लाख मानिस विस्थापित भएका छन भने करिब ५०० व्यक्तिको मृत्यु भएको रिपोर्ट गरिएको छ । बाढी पहिरोमा  १,५४६ व्यक्ति घाइते भएका छन ।’

    राष्ट्रिय आपत्कालीन व्यवस्थापन निकायका प्रवक्ता मान्जो इजेकिएलको भनाइ उदृत गर्दै एएफपीले उक्त जानकारी दिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend