काठमाडौं– नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले पार्टी परित्याग नगर्ने घोषणा गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दर्जनौं आरोप लगाए पनि रावलले पार्टी परित्याग नगर्ने जनाए । उनले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै ओलीमाथि पार्टी सञ्चालन गर्न असक्षम भएको आरोप लगाए ।
आफूलाई क्षेत्रीय कमिटी, जिल्ला र प्रदेश कमिटीले एकल सिफारिस गरे पनि ओलीले टिकट नदिएर राजनीतिक अपराध गरेको रावलले आरोप लगाए ।
रावलले एकीकृत भएको कम्युनिष्ट आन्दोलन नष्ट गर्नेदेखि पार्टीभित्र इमन्दार कार्यकर्ताको राजनीतिक हत्या गरेको आरोप लगाए ।