logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बेरोजगारी हटाउन मेरो उम्मेदवारीः विनोद चौधरी

    बेरोजगारी हटाउन मेरो उम्मेदवारीः विनोद चौधरी

    2.8K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका कन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशीने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा चौधरीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरुको समस्या समाधानमा सहयोग गर्न आग्रह गरे ।

    उनले अब योजना र भिजन भएका युवाहरु राजनीतिमा आउनुपर्ने बताए । चौधरीले मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा,शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदा समेत युवाहरुको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए । युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको उनको भनाई छ । चौधरीले सबै चार्टर्ड एकाउण्टेन्ट्सहरुलाई भेटेर भोट माग्ने आकांक्षा रहेपनि स्म्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गरेको बताए ।

    चौधरीले आफूले चार्टड अकाउण्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए । आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको उनको भनाई छ ।

    चौधरीले आफूले शक्ति केन्द्रमा शक्तिको भरपुर प्रयोग गरेको बताए । उनले आफूलाई धन सम्पतीको कुनै खाँचो नरहेको तर चौधरी जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको दोहा¥याए । नेपालमा बहुमतको सरकार आएपनि विकासको नाममा कुनै सिन्को नभाँचेको गुनासो गरे । चौधरीले नेपालमा धेरै राजनीतिक परिवर्तन भएपनि देशको अवस्था नबद्लिएकामा दुःख व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend