logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङमा नेपाल आर्मी च्याम्पियन

    नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङमा नेपाल आर्मी च्याम्पियन

    2.9K
    Shares

    पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङमा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ। समान ५–५ स्वर्ण, रजत र कांस्य साथ आर्मी टिम च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र १ काँस्यसाथ वागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ काँस्यसाथ एपीएफ तेश्रो भए ।

    सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ काँस्य, गण्डकीले ४ काँस्य तथा प्रदेश १ ले ३ काँस्य प्राप्त गरे । प्रतियोगितामा १२ स्वर्णका लागि प्रतिष्पर्धा भएको थियो ।

    अन्तिम दिन शुक्रवार सिनियर पुरुष टिम इपीमा नेपाल आर्मी पहिलो भयो । आर्मीबाट राजेश चौधरी, मिन कार्की, सुरज सिंह र राम थापाले प्रतिष्पर्धा गरेका थिए ।

    पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा एपीएफका जंग गिरी, सुकिराम तामाङ र सागर थापा दोश्रो भए । वागमतीका भीष्मराज दाहाल, राहुल दर्शन, गगन राई र ओमकार सिंह तथा गण्डकीका विजय अधिकारी, प्रशान्त गुरुङ, नवराज कार्की र सुनिल थापा तेश्रो भए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend