काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने भएको छ ।
आज बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको थियो । शवलाई अस्पतालको प्रांगणमा श्रद्धाञ्लीका लागि राखिने तर दाहसंस्कार नगरिने भएको हो ।
जोशीले मृत्यु अघि नै शरीर दान गरेकाले उनको दाहसंस्कार नगरिने भएको हो ।
जोशीको शव अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने भएको छ ।
जोशीले यसअघि आफनो शरीर किष्ट अस्पताललाई दान गरिसकेकाले परिवारका सदस्यले दाहसंस्कार नगर्न तयार भएको हो ।