logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बागी उम्मेदवारलाई कारवाही र सयुक्त अपिल जारी गर्न गठबन्धनको बैठक बस्दै

    बागी उम्मेदवारलाई कारवाही र सयुक्त अपिल जारी गर्न गठबन्धनको बैठक बस्दै

    1.8K
    Shares

    काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुले आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई छानविन गरी कारवाही गर्ने भएका छन् । बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक सोमबार दिउँसो बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले जानकारी दिए ।

    उनका अनुसार प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गर्न निर्देशन दिएपनि कतिपयले फिर्ता नलिएकाले उनीहरुलाई कस्तो कारवाही गर्ने भन्नेबारे छलफल हुनेछ । ‘बागी उम्मेदवारी दिएकाहरुले कसले फिर्ता गरे र कसले गरेनन् भन्नेमा छलफल हुन्छ र फिर्ता नगर्नेलाई आआफ्नो पार्टीले कडा कारवाही गर्नुपर्ने हुन्छ, त्यही विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो’, भुसालले भने ।

    त्यस्तै गठबन्धनका शीर्ष नेताले सोमबार नै संयुक्त अपिल जारी गर्ने भएका छन् । अपीलमा गठबन्धनको औचित्य, आवस्यकता तथा गठबन्धनलाई मत दिनुपर्नाको कारणबारे खुलाउँदै अपिल जारी गर्न लागेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend