logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • ओरालो लाग्यो शेयर बजार, कारोबार ५१ करोडमा सिमीत

    ओरालो लाग्यो शेयर बजार, कारोबार ५१ करोडमा सिमीत

    2.5K
    Shares

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचकमा गिरावट आएको छ । सोमवार नेप्से परिसूचक २.६१ अंक घटेर १८५८.३३ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.२० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ ।

    सोमवार कारोबारमा आएका २१९ कम्पनीको १६ लाख ३१ हजार कित्ता शेयर ५१ करोड ५८ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आईतवारको तुलनामा सोमवार कारोबार रकम समेत घटेको छ । आईतवार ८० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंक, होटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ ।

    सोमवार नेप्से परिसूचक घटेपनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अभियान लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै आईतवारबाट कारोबारमा आएको पिपुल्स पावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशत घटेको छ । आज नबिल बैंकले २ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको २ करोड ६१ लाखको शेयर खरिदबिक्री भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend