काठमाडौं । राप्रपा नेपालका ५ पदाधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका हुन् ।
चुनावको समयमा राप्रपाका उपाध्यक्ष श्याम तिमल्सिना र सहमहामन्त्री दमन बस्नेतसहितका पाँच पदाधिकारी प्रचण्डलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रचण्डले राप्रपाका नेताहरुसँगको भेटमा गोरखाको गरिमा उचो राख्नका लागि आफू त्यहाँबाट चुनाव लड्न लागेको बताएका छन् । उनले राप्रपा नेपालसँग केही एजेण्डाहरु नमिले पनि राष्ट्र विकास गर्नुपर्छ, राष्ट्र दीगो हुनुपर्छ भन्नेमा दुबै पार्टीको भावना मिल्ने बताएका थिए ।
यस्तै प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्न आग्रह गर्दै परिवर्तनको बाहक शक्तिलाई जिताउन आग्रह समेत गरेको बताइएको छ ।