logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • गठबन्धनद्वारा नुवाकोटमा ‘जिल्ला निर्वाचन परिचालन समिति’गठन

    गठबन्धनद्वारा नुवाकोटमा ‘जिल्ला निर्वाचन परिचालन समिति’गठन

    2.7K
    Shares
    गठबन्धनद्वारा नुवाकोटमा ‘जिल्ला निर्वाचन परिचालन समिति’गठन

    काठमाडौं । आगामी आमनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सत्तारुढ दलमा आबद्ध तीन राजनीतिक दलले नुवाकोटमा रुपमा निर्वाचन परिचालन समिति गठन गरेका छन् ।

    नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको संयुक्त प्रतिनिधिको सहभागितामा ‘बाम–लोकतान्त्रिक गठबन्धन जिल्ला निर्वाचन परिचालन समिति–२०७९’ गठन गरिएको हो । समितिको संयोजकमा कांग्रेसका राजकुमार थापा र सहसंयोजकमा माओवादी केन्द्रका कल्पना रिमाल रहेका छन् ।

    सदस्यमा कांग्रेसबाट श्रीराम श्रेष्ठ, यादवप्रसाद नेपाल, नारायण अधिकारी, गोरेबहादुर मिजार र उद्धव मुडबरी ,नेकपा ९माओवादी केन्द्र०बाट नवीन पुडासैनी, राजकुमार रेग्मी सन्देश, गोकर्णनाथ न्यौपाने ९गजेन्द्र०, नारायणप्रसाद नेपाल र बद्री प्याकुरेल रहनुभएको छ । समितिको सदस्य–सचिवमा समाजवादी पार्टीका भगवान रानामगरलाई जिम्मेवारी दिइएको छ ।

    उक्त समितिले गठबन्धन दलहरुको साझा उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सहयोग गर्न आवश्यक सबै किसिमको स्रोत–साधन परिचालनको जिम्मेवारी तोकिएको समितिका सदस्य नेपालले जानकारी दिनुभयो ।

    उहाँको अनुसार आगामी निर्वाचनको अन्तिम मतपरिणाम नआएसम्म सक्रिय रहने समितिले निर्वाचन जनपरिचालनका लागि सम्बन्धित पार्टी कमिटी, जनवर्गीय सङ्गठन तथा भातृ एवं शुभेच्छुक संस्थाको परिचालन, निर्वाचन प्रचारको कार्यक्रम तालिका र कार्यक्रमको स्वरुप निर्धारण गर्ने जिम्मेवारी तोकिएको छ ।

    प्रतिनिधिसभाअन्तर्गत दुई र प्रदेससभाअन्तर्गत चार निर्वाचन क्षेत्र रहेको जिल्लामा कांग्रेस र माओवादी केन्द्रले बराबर सिट सङ्ख्या बाढेर उम्मेदवार उठाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend