काठमाडौं । बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा भूकम्पको केन्द्रविन्दु रहेको पनि केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं सहितका आसपासका ठाउँमा महसुस भएको थियो ।