ओखलढुंगा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी र जाती भन्दा माथि उठेर योग्य उम्मेदवारलाई मतदान गर्न जनता समक्ष अपिल गरेका छन् । उनले सिद्दिचरण नगरपालिकामा आयोजित एक कार्यक्रममा पार्टी र जाती भन्दा माथि उठेर योग्य उम्मेदवारलाई जिताउन अपिल गरेका हुन् ।
सिद्दिचरण नगरपालिका वडा नम्बर ६ जन्तरखानीमा जन कल्याण युवा क्लबद्वरा आयोजित भलिबल कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद खतिवडाले समग्र ओखलढुंगालाई नयाँ दिशा दिने दृढ़ इच्छा शक्तिको साथ आफू उम्मेदवार भएको बताए ।
जिल्लाको विकासमा आफु संधै सकृय भएको बताउँदै थप नयाँ संकल्प लिएर चुनावी मैदानमा आएको बताए । मङसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै खतिवडा चुनावी भेटघाटमा जिल्लामा सकृय छन् ।