काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गठवन्धनको उम्मेदवारलाई तरुण दलले जिताउने बताएका छन् ।
जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको चुनाव लक्षित तरुणसंग अन्तर्कृया भेलामा अध्यक्ष गुरुङले गठवन्धन उम्मेद्वारलाई तरुण दलले जिताउने बताएका हुन् ।
तरुण दल नवलपरासीका निवास यादव, सुरज केसि, सागर शिरीष, सरोज थापा, रमेश पराजुली लगायत क्षेत्र, नगर र इकाइको विभिन्न तहमा रहेका तरुणहरुले अध्यक्ष गुरुङलाई धेरै मत हुदाँहुँदै पनि काङ्ग्रेसले किन सिट पाएन ? चुनावमा तरुण दलको भुमिका के हो ? स्थानिय नेताहरुको भुमिका कस्तो हुनुपर्छ ? लगायतका प्रश्न गरेका थिए ।
अध्यक्ष गुरुङ्ले गठवन्धनको बिषयमा प्रष्ट पार्दै गठवन्धन गर्नुको कारण ओली प्रबृत्तीको अन्त्यको लागि भएको बताए । उनले भने –आफ्नो नेताको लागि बोल्ने भनेको टिकट नपाउन्जेल सम्मको लागि मात्र हो, पार्टीले टिकट दिएपछी उ व्यक्तिको होइन पुर्ण पार्टी र जनताको उम्मेद्वार हुन्छ ।
कार्यक्रममा गुरुङले भने “र मलाइ बिश्वास छ यस जिल्लाको १ न. क्षेत्रमा उद्योगी बिनोद चौधरी एवम २ न. क्षेत्र मा देवेन्द्र राज कडेललाई जिताउन तरुण दल लाग्ने र जिल्लामा पार्टिको लुम्बिनी प्रदेशको पदाधिकारीहरुले अझ जिम्मेवार ढङ्गले लाग्ने बिश्वास आफुले लिएको छु । ”
आफ्नो मातहतको सम्पुर्ण तहको कार्यसमिति परिचालन गर्न जिल्लालाई अध्यक्ष गुरुङ्ले निर्देशन दिएका छन् ।