logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • पशुपति गौशाला धर्मशाला क्षेत्रका अवैध संरचना हटाउन कोषको निर्देशन

    पशुपति गौशाला धर्मशाला क्षेत्रका अवैध संरचना हटाउन कोषको निर्देशन

    3.5K
    Shares

    काठमाडौं । पशुपति गौशाला धर्मशाला क्षेत्रमा सम्झौता विपरीत निर्माण गरिएका संरचना हटाउन पशुपति क्षेत्र विकास कोषले ३५ दिने सूचना जारी गरेको छ । मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशाला उद्देश्य मुताविक नचलाएकाले गत असोज २६ गते नै यस्ता संरचना हटाउन पत्र पठाएको आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

    गौशाला धर्मशाला विशुद्ध रुपमा गाईपालन, नन्दी सेवा तथा तीर्थयात्रीलाई धर्मशाला आवास सञ्चालन मात्र गरेको हुनुपर्नेमा समितिले सम्झौता विपरीतका सेवा पनि चलाएकाले सम्झौता र मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउन सूचित गरिएको छ ।

    सम्झौता र मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र नहटाएमा नियम बमोजिम भई जाने कोषले जनाएको छ । पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल कबल एवं स्वास्थ्य सेवा पनि सञ्चालन भइरहेको देखिन्छ ।

    कोषले यसअघि करिब एक वर्षअघि कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित गोठाटारमा रहेको करिब पाँच सय रोपनी जग्गाको वरिपरि मिचेर बनाइएका संरचना हटाउन पनि यस्तै सूचना जारी गरेको थियो । यसैगरी पशुपति क्षेत्रको तिलगङ्गाका बस्तीवासीलाई मुआब्जा दिएर पटकपटक हटाउन जारी गरेको सूचनाको पनि अहिलेसम्म कार्यान्वयन गरेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend