logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धि हो : ओनसरी घर्ती

    मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धि हो : ओनसरी घर्ती

    2.5K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताईन् ।

    उनले अझैपनि आफूहरुले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमश: समृद्ध बनाउँदै लाने बताईन् । विगतमा गरिएका सम्पूर्ण कामहरुको पनि जिम्मेवारी लिने उनको भनाई छ ।

    सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेकी घर्तीले आफू निर्वाचित भएमा सबै पेशा, व्यवसायका मानिसहरुको हक अधिकारहरुको सुनिश्चित हुनेगरी कानून बनाउने उल्लेख गरिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend