logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • दुई समुदायबीचको विवादपछि हिजोदेखि महोत्तरीमा अनिश्चितकालीन कर्फ्यु

    दुई समुदायबीचको विवादपछि हिजोदेखि महोत्तरीमा अनिश्चितकालीन कर्फ्यु

    2.5K
    Shares

    जनकपुरधाम । महोत्तरीको भङ्गाहा नगरपालिका ८ पररियामा दुई समुदायबीच भएको विवादपछि स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । पररियाको दक्षिण बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पररियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म बिहीबार अपरान्ह ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो ।

    बिहीबार बिहान ११ बजेको समयमा ‘हिन्दू सम्राट सेना’ नामक सङ्गठनले र्‍याली निकाल्ने क्रममा झडप भएको थियो । झडप नियन्त्रणमा खटिएएका १३ जना प्रहरीसहित १७ जना घाइते भएका महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीका डीएसपी चन्देश्वर यादवसहित ६ र सशस्त्र प्रहरी बलका ७ जना गरी १३ जना सुरक्षाकर्मी र चारजना स्थानीय वासिन्दा घाइते भएका हुन् ।

    झडप नियन्त्रणमा लिन प्रहरीले ३० राण्ड हवायफायर गरेको थियो । घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । साम्प्रदायिक सद्भाव कायम गर्न बिहानैदेखि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सर्वपक्षीय बैठक जारी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend