१३, कार्तिक, चितवन – चितवनको क्षेत्र नम्वरका सांसद कृष्णभक्त पोखरेलले पछिल्लो पाँच बर्षको अवधिमा कालिका नगरपालिकामा मात्रैं ६३ करोड ३५ लाखका ३७ योजना सम्पन्न गरेका छन् । विभिन्न कानून निर्माण महत्वपूर्ण योगदान गरेका सांसद पोखरेलले विकास निर्माणमा काममा पनि उत्तिकै प्राथमिकतामा राखेका छन्।
कालिका नगरवासीको जीवनसँगै जोडिएको कयरखोला तटवन्धनका लागि सांसद पोखरेलको पहलमा १० करोडभन्दा बढी रकम बिनियोजन भई काम भइरहेको छ ।
कालिका शक्तिखोरदेखि तीनदोभान रन्तेष चेपागङ्गमार्ग स्तरोन्नतीका लागि साइड ड्रेन निर्माणमा ५० लाख, कालिका नगरपालिकामा नै रिङ्गरोड सडक कालोपत्रे निर्माण गर्न ५ करोड ५० लाख रुपैंया खर्च भएको नगरपालिकाले जनाएको छ ।
कालिकामा पर्ने कयर पुल निर्माणको लागि ४ करोड, सिन्ती पुल निर्माण गर्न एक करोड ५० लाख, शक्तिखोरबाट तीनदोभान सिद्धी बाटो १ करोड र शक्तिखोर चेपाँग छात्रावासकालागि १ करोड रुपैँया पोखरेलको पहलमा आएको थियो ।
कालिका नगरपालिका ६ ढोकुन थर्पलिग गुम्बाका लागि ५ करोड, मजवाग माविका लागि १ करोड, कालिका ११ को वर्थिग सेन्टरको लागि १ करोड, जुटपानी खानेपानी १९ करोड रुपैँया खर्च भएको छ ।
कालिका नगरपालिका शक्तिखोर छेवराङ्ग हात्तिबाङ्ग चौकीडाँडा भाराङ सडक निर्माणको लागि १ करोड रुपैयाँको काम गरिएको सांसद कृष्णभक्त पोखरेलले बताए । यो सडक बन्दा छेवराङ्ग हात्तिबाङ्ग चौकीडाँडा भाराङका सयौं जनता लाभान्वित हुनेछन् । कालिका नगरपालिकाको गैंरीबारी उपरदाङगढी सडक निर्माण कार्यको लागि ३ करोड, वडा नम्वर २ र ३ को सिमाना बाटो निर्माण गर्नका लागि ३ करोड रुपैँया खर्च भएको छ ।
प्रतिनिधि सभा सदस्यले वितरण गर्ने स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विकासका कार्यक्रम अन्तर्गत पनि कालिका नगरपालिकामा धेरै काम भएका छन् ।कालिका नगरपालिका वडा नं. ६ र रनपाको सिमाना बाटो निर्माणको लागि २५ लाख, कालिका–९मा सुलिटार कुलो निर्माणको लागि १५ लाख, कालिका–११ मा लालिवाङ खोलामा कल्भर्ट निर्माणको लागि २० लाख, कालिकामा मदन–आश्रित सामुदायिक सभागृह भवन निर्माणको लागि २० लाख रुपैयाँ बराबरको काम भएको छ ।
कालिका–५ मा भिमवली बाबा मन्दिर संरुक्षण समिति थारू संग्राहालय एवम् सांस्कृति केन्द्र निर्माणमा ५० लाख रुपैयाँ बराबरको काम भएको छ । पोखरेलको पहलमा कालिका–८मा न्यूरेनी देविटार सडकस्तर उन्नतीको लागि ५० लाख, कालिका–५मा भिमोदय मा.वि. पुर्वाधार निर्माणमा १० लाख काम भएको छ ।
यसैगरी, कालिका–१मा रहेको गडुवा आधारभुत विद्यालयको भौतिक पूर्वाधार विकासमा १० लाख, कालिका–२ मा रहेको साँगे कजुँवा गुम्वा निर्माणका लागि १० लाख,कालिका–३ मा बनकट्टा स्कुलदेखि पूर्व बाटो २०० मिटर पिचको लागि पोखरेलको पहलमा १० लाख खर्च भएको छ ।
कालिका–४ मा रहेको कविता न्यौपानेको घरदेखि पूर्वबाटो पिच कालोपत्रे १० लाख, कालिका–५ मा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको लागि १० लाख,कालिका–६ र ७ मा सडक नाला निर्माणका लागि २० लाख,कालिका–७ मा पृथ्वी मावि शाखा भवन निर्माणका लागि १० लाख, कालिका–९मा सुलिटार र सामफराङ खानेपानीका लागि १० लाख र कालिका–११ मा दामसिटारबाट तीनदोभान बाटो बनाउन १० लाख रूपैयाँ पोखरेलको पहलमा श्रोत व्यवस्थापन गरी खर्च भएको छ ।
कालिका–९ शक्तिखोरका स्थानीय हिम्मत पूरीले सांसद पोखरेल सांसद भएपछि कालिका नगरपालिका भित्रका अधिकांश सडकहरू कालोपत्रे भएको र कतिपय हुने क्रममा रहेको बताए । उनले नगरपालिका क्षेत्रको विद्यालयको भौतिक पूर्वाधार विकास, खानेपानी लगायतका क्षेत्रमा आमूल परिवर्तन भएको बताए ।