logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • समानुपातिक तर्फको मतपत्र ७७ ओटै जिल्लामा पुग्यो

    समानुपातिक तर्फको मतपत्र ७७ ओटै जिल्लामा पुग्यो

    2K
    Shares

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र सम्पूर्ण जिल्लामा पुर्याएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मतपत्र पुर्याइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    आयोगले निर्वाचनका लागि चाहिने ६० प्रकारका निर्वाचन सामग्रीहरू ६५ जिल्लामा पुर्याईसकेको जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम ६० प्रतिशत सकिएको अर्यालले जानकारी दिए । छापिएको मतपत्र ढुवानीको काम पनि सुरु गर्ने तयारी हुँदैछ । आयोगले छिट्टै जिल्ला निर्वाचन कार्यालयमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम कार्यक्रम पनि सुरु गर्न लागेको छ । तालिमपछि निर्वाचन अधिकृतलाई मतदान सामग्रीहरु बुझाएर मतदान केन्द्रमा पठाउने काम हुनेछ ।

    विस्तारै निर्वाचनको चाप केन्द्रबाट जिल्ला निर्वाचन कार्यालयमा सरेको सहप्रवक्ता अर्यालले बताए । मतपत्र रुजु गर्ने, मतदान केन्द्र अनुसार मतपत्र भाग लगाउने र त्यसलाई लाहछाप लगाएर सिलबन्दी गरेर राख्ने काम सुरु हुँदैछ ।

    कार्तिक १८ गतेदेखि औपचारिक रुपमा निर्वाचन प्रचार प्रसारको काम सुरु हुने त्यसपछि आयोगले आचार संहिता उल्लंघनका घटनाको पनि अनुगमन गर्ने तयारी गरेको छ । यसका लागि निर्वाचन अधिकृतको कार्यालय, जिल्ला स्थित आचार संहिता अनुगमन संयन्त्र र आयोगले केन्द्रबाट पनि आचार संहिता पालनाको अवस्थाको अनुगमन गर्ने भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend