logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गोरखामा गठबन्धनले ‘असाधारण तरिकाले जित्यो’ भन्ने सावित गराउनुपर्छ : प्रचण्ड

    गोरखामा गठबन्धनले ‘असाधारण तरिकाले जित्यो’ भन्ने सावित गराउनुपर्छ : प्रचण्ड

    3.7K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाच प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको बताए ।

    अध्यक्ष दाहालले राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको पनि बताए । नेताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभुति दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने उनको भनाई छ ।
    नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जानसक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव रहेको उनले बताए । उनले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको समेत बताए ।

    गोरखाको इतिहास, राष्ट्र एकताको बचाइरहने र राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भुमिका उजागर पार्नुपर्ने चुनौती रहेको उनले बताए । गोरखाली जनताले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तन सहित समृद्ध गर्ने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

    अध्यक्ष दाहालले गोरखाको विकासको लागि सबै राजनीतिक दलहरु एकत्रित भएर काम गर्न आवश्यक रहेको बताए । प्रचण्डले गठबन्धनले गोरखामा जितेको चुनाव परिणाम ‘असाधारण तरिकाले जित्यो’ भन्नेकुरा सावित गर्न सक्नुपर्ने बताए ।

    अध्यक्ष दाहालले आगामी चुनावमा अभुतपूर्व रुपमा परिणाम निकाल्ने गरी चुनावमा लाग्न पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए । आगामी
    निर्वाचनमा प्रतिगामी शक्तिलाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नुपर्ने उनको भनाई थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend