logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मंसिर ४ गते आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयार

    मंसिर ४ गते आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयार

    1.9K
    Shares

    काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका दिन आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको बताएको छ । सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकुलताको सम्बन्धमा आँकलन गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको बताएको हो ।

    गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव प्रदीपकुमार कोईरालाले निर्वाचनको दिन आउनसक्ने प्रकोपको सम्भावनालाई मध्येनजर गरेर सरकार तयारी अवस्थामा रहेको बताए ।

    उनले जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने ¥यापिड रेस्पोन्स फोर्सलाई तयारी अवस्थामा राख्ने कताए । सडक, खोला,नदी तथा तटबन्धमा हुने अवरोध तथा जोखिमलाई व्यवस्थापन गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनको भनाई छ ।

    सहसचिव कोईरालाले सम्भावित विपद्को आँकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको स्पष्ट पारे । निर्वाचनको दिनसम्म सरकार सबै प्रकारको समस्या समाधान गर्न तयारी अवस्थामा रहने जिकिर गरे ।

    सहसचिव कोईरालाले जल तथा मौसम विज्ञान विभागले दिने पूर्व सूचनाको आधारमा मौसमी प्रतिकुलताका कारण आइपर्ने समस्या समाधानमा केन्द्रित हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend