logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • २० वर्षदेखि बन्द रहेको कृषि औजार कारखानाको आविष्कार केन्द्रले मर्मत थाल्यो

    २० वर्षदेखि बन्द रहेको कृषि औजार कारखानाको आविष्कार केन्द्रले मर्मत थाल्यो

    3.1K
    Shares
    २० वर्षदेखि बन्द रहेको कृषि औजार कारखानाको आविष्कार केन्द्रले मर्मत थाल्यो

    काठमाडौं । एक वर्षभित्र १५ किसिमका कृषि औजारहरु उत्पादन गर्ने लक्ष्य वीरगञ्जको कृषि औजार कारखानाको मर्मत सम्भार कार्य सुरु गरिएको छ । दुई दशक अघिबाट बन्द रहेको कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य र कारखानामा भएका सामग्रीको लागत संकलन सुरु भएको हो ।

    गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरे पश्चात आविष्कार केन्द्रले गत मंगलवारदेखि कारखानाको सरफाई र मर्मत सम्भार गर्न थालेको छ । विस २०२४ साल फागुन २८ गते रुसको सहायतामा स्थापना भएको उद्योग सञ्चालनको जिम्मेवारी पाएका आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, नयाँ औजार उपकरणहरुको आविस्कार गर्ने पनि बताए । उनले सरकारले आविष्कार केन्द्रलाई पूरै स्वामित्व नदिएको तर सञ्चालन गर्ने अधिकार प्रदान गरेको बताए ।

    आविष्कार केन्द्रका अध्यक्ष पुनले कारखानाको अवलोकन गर्दा कारखाना सञ्चालनका लागि सिभिल वर्कहरुको रिपेयर डाटा संकलन गरेको जानकारी दिए । उनले बिजुलीका वाइरिङ, कारखानास्थित मेसिनको अवस्थाका बारेमा जाँच भइरहेको बताए । उनले सकेसम्म औजारहरु छिटो उत्पादन गर्ने सोच रहेको बताए । रिनोभेसनको कम्तिमा १० महिनाको समय लाग्ने र दोस्रो वर्षमा किसानलाई चाहिने नयाँ नयाँ कृषि औजारको उत्पादनमा जोड दिने पुनले बताए ।

    अध्यक्ष पुनले कारखानालाई आधुनिकीकरण गरेर अघि बढ्नसके मात्रै कारखाना नाफामा जाने बताए । पुरानै अवस्थामा कारखानामा सबै कृषि औजार उत्पादन गर्न नसकेपनि एक वर्षभित्र १०÷१५ किसिमका कृषि औजारहरु उत्पादन गर्ने लक्ष्य आविस्कार केन्द्रले राखेको उनको भनाई छ । आविष्कार केन्द्रले २÷३ वर्ष भित्रमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको बताए ।

    आविष्कार केन्द्र र सरकारबीच १० वर्षसम्म सञ्चालन गर्ने सहमति भएको यो कारखानाको सबै खर्च र स्वामित्व सरकारमा निहीत रहने बताइएको छ । नाफामा लैजानसके केन्द्र र सरकारलाई बराबर भाग लाग्ने पनि समहति भएको छ । स्वदेशमै आविष्कार केन्द्र नहुँदा वर्षेनी अर्बौंको कृषिऔजार बाहिरी मुलुकबाट आयात भइरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend