logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मुस्ताङमा जलवायु अनुकुलन पूर्वाधार विकास गर्न राष्ट्रपतिको आग्रह

    मुस्ताङमा जलवायु अनुकुलन पूर्वाधार विकास गर्न राष्ट्रपतिको आग्रह

    2.3K
    Shares

    पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा जलवायु अनुकुलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छन् । शुक्रवार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन पनि आग्रह गरिन् ।

    मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकुलन र वातावरणमैत्री बनाएँदै लैजानुपर्ने आवश्यक्ता रहेको बताईन् । राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह गरिन् । जलवायु अनुकुलन र वातावरणमैत्री व्यवहारका लागि अर्थप्रणालीमा पनि सुधार गरेर जानुपर्ने उनको भनाई थियो ।

    राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिरलाई व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको जिकिर गरिन् । धार्मिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै भावि पुस्तामा समेत प्राकृतिक सुन्दरतालाई हस्तान्तरण गर्ने उद्देश्य हुनुपर्ने उनको भनाई थियो ।

    ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधारको विकासमा संघ,प्रेदश र स्थानीय तहको समन्वयकारी भुमिका आवश्यक रहेको बताईन् । मुस्ताङको कोरला नाकाले मित्रराष्ट्र चीनसँगको व्यापार व्यवसाय गर्न सहज हुने भएकाले उत्पादनको सहज बजार र दुई देशबीचमा स्थलमार्ग हुँदै व्यापार विस्तारको नयाँ सम्भावना खोल्ने उनले बताईन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend