logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सिटी एक्सप्रेसको दोस्रो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा

    सिटी एक्सप्रेसको दोस्रो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा

    2.3K
    Shares

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत दोश्रो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरुङले १ तोला सुन जित्न सफल भएकी छिन् ।

    सोही योजना अन्तर्गत असोज १२ देखी कार्तिक १५ गते सम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक उपहार १०,१० तोला चाँदी जित्न सफल भएका छन् । साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रबिन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, ईराकबाट सुशिला तामाङ साथै कुवेतबाट रेमिटान्स पठाउने हसन मोहम्मद नाउ गरी ५ जनाले १०,१० तोला चाँदी जित्न सफल भएका हुन् ।

    सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न ६३ दिन सम्म लगातार चल्ने ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो ।

    सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक उपहार र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने सिटी एक्सप्रेसले जनाएको छ ।

    कम्पनीका अनुसार यस ‘ विदेशबाट सिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायो’ अफर भदौ १५ गते देखि कार्तिक १५ गते सम्म चलेको थियो ।

    यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिएको हो । कम्पनीले अब छिट्टै ५ तोला सुन जित्ने बम्पर बिजेताको नाम पनि लक्की ड्र मार्फत घोषणा गर्ने जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend