logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • निर्वाचनपछि मेरो ध्यान जनताको सेवा गर्ने र यो क्षेत्रको भौतिक विकास गर्ने हुन्छ : डा सुनिल शर्मा

    निर्वाचनपछि मेरो ध्यान जनताको सेवा गर्ने र यो क्षेत्रको भौतिक विकास गर्ने हुन्छ : डा सुनिल शर्मा

    4.2K
    Shares
    निर्वाचनपछि मेरो ध्यान जनताको सेवा गर्ने र यो क्षेत्रको भौतिक विकास गर्ने हुन्छ : डा सुनिल शर्मा

    बिराटनगर-  संयुक्त लोकतान्त्रिक बाम गठवन्वन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि मोरंग क्षेत्र नम्बर ३ का साझा डा सुनिल शर्माले निर्वाचनपछि आफ्नो ध्यान जनताको सेवा गर्ने र यो क्षेत्रको भौतिक विकासमा हुने बताएका छन्।
    मोरङ क्षेत्र नम्बर ३ को आइतवारेमा भएको कोणसभामालाइ सम्बोधन  गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले भोट माग्न आउदा जनताले देखाएको अपार मायाँ र आफुमाथि गरेको विश्वास आफ्ना लागि सवैभन्दा ठुलो सम्पति भएको बताए  । जनताले गरेको यो मायाँ र भरोसा कहिले पनि टुट्न दिने छैन शर्माले भने ” स्वास्थ्य, शिक्षा देखि भौतिक पुर्वाधारको विकाशमा जनताले महसुस गर्ने गरि काम गर्ने छु ”

    आम नागरिकका लागि स्वास्थ्यमा पहुच बढाउन स्वास्थ्य विमा कार्यक्रमलाइ अझै प्रभावकारी ढंगले कार्यन्वयन गर्न सकिने शर्माको भनाइ थियो । आफु यस अघिका सांसद जस्तो चुनाव तिजेपछि कतै नहराउने र जनताको जुन सुकै सुख दुखमा संगै रहेको बाचापनि शर्माले गरेका छन । कार्यक्रममा शर्माले मोरङमा गठवन्ध आवद्ध पार्टीहरुको एकताको पनि तारिफ गरे  । देशभर हामीले संविधान र लोकतन्त्रका पक्षधर पार्टीहरुले प्रतिगमनका विरुद्ध गठवन्धन गरेका छौं शर्माले भने “तर मोरङमा सवैभन्दा बलियो गरि गठवन्धन भएको छ ” । प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेद्वार नहुदा पनि माओवादीका नेता तथा कार्यकर्ताहरु यो क्षेत्रको विकाश र लोकतन्त्रका लागि गठवन्धनलाइ जिताउन आफुभन्दा बढी खटेर लागेको शर्माको भनाइ थियो ।
    टोल टोलबाट खबर आइरहेको छ शर्माले भने “गठवन्धन आवद्ध दलहरु एक भएर चुनावका लागि रात दिन नभनि लागि रहेका छन ” गठवन्धनका शिर्षनेता , उम्मेद्वार देखि गाँउ कमिटिसम्मको यो सक्रियताले मंसिर ४ गतेको निर्वाचनबाट गठवन्धनको जित सुनिश्चि भएको शर्माको भनाइ थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend