logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आयोगले ‘मत दिन्नँ’ भन्ने र प्रत्याह्वानको अधिकार प्रस्ताव गर्ने

    आयोगले ‘मत दिन्नँ’ भन्ने र प्रत्याह्वानको अधिकार प्रस्ताव गर्ने

    2.1K
    Shares
    आयोगले ‘मत दिन्नँ’ भन्ने र प्रत्याह्वानको अधिकार प्रस्ताव गर्ने

    काठमाडौं । निर्वाचन आयोगले कुनै पनि उम्मेदवारलाई ‘मत दिन्नँ’ भन्न पाउने र आफूले चुनेको प्रतिनिधिलाई ‘प्रत्याह्वान गर्ने’ अर्थात् फिर्ता बोलाउनसक्ने व्यवस्थालगायतका विशेषता थपेर निर्वाचन कानुन मस्यौदा गर्ने तयारी गरेको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी दिए । आयोगले मङ्सिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजाको प्रतिवेदन मङ्सिर २२ सम्म तयार पारेपछि आह्वान हुने संसद्को पहिलो अधिवेशनमा नै प्रस्तुत गर्ने गरी विधेयक तर्जुमा गर्न लागेको उनले बताए । आउँदो मङ्सिर ४ को निर्वाचनपछि हुने सबै निर्वाचनमा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्न सम्बन्धित व्यक्ति जुन देशमा बसेको छ त्यहीँबाट मतदाता नामावलीमा नाम दर्ता गराउने प्रक्रिया सुरु गर्ने पनि उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend