logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : विष्णु पौडेल

    निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : विष्णु पौडेल

    5.2K
    Shares
    निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : विष्णु पौडेल

    बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दावी गरेका छन् ।

    रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार समेत रहेका पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीसँगै मिलेर सरकार बनाउने बताए ।

    शनिबार बुटवलमा आयोजित खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुको भेलामा बोल्दै उनले निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले खेलकुद क्षेत्रको विकासको माध्यामबाट मुलुकको प्रतिष्ठालाई अझै उचाईमा पुर्‍याउने आश्वासन समेत दिए ।

    उपाध्यक्ष पौडेलले भने, ‘नेकपा (एमाले) एक्लैले आगामी निर्वाचनमा बहुमत ल्याउँछ । यो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ । एक्लैले सरकार बनाउने हैसियत राख्दछ । तर, यो निर्वाचनमा हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालसँग पनि सहकार्य गरेका छौं । त्यसकारणले गर्दा यो सहकार्य निर्वाचनमा बेलामा पनि जारी रहन्छ । र, निर्वाचनपछि सरकार बन्ने बेलामा पनि जारी रहन्छ । सरकारको नेतृत्व नेकपा एमालेका एकल बहुमत हुँदा पनि हामी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलाई सरकारमा सामेल गरेर यो सहयात्रालाई निरन्तरता दिन्छौं भनेर सोचिराखेका छौं । यो कुरा पनि यहाँहरुलाई बताउन चाहन्छु ।’

    उपाध्यक्ष पौडेलले निर्वाचन पछि पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै त्यसपछि मुलुकको समृद्धिको अभियानले गति लिने विश्वास व्यक्त गरे । उनले रुपन्देही २ मा एमालेलाई धेरै फराकिलो मतान्तरले विजयी गराउनका लागि सहयोग गर्न खेलाडीहरुलाई आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend