काठमाडौं । दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ बाट बाहिरिएको छ । आइतबार बिहान भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित हुँदै दक्षिण अफ्रिका बाहिरिएको हो ।
नेदरल्यान्ड्सले दिएको रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४५ रन बनायो । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।
यो नतिजासँगै ४ खेलबाट ६ अंक जोडेको भारत सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिका ५ खेलबाट ५ अंक जोडेर बाहिरिएको छ । यता ४ खेलबाट समान ४ अंक भएका पाकिस्तान र बंगलादेश मध्य एक टोली सेमिफाइनलमा पुग्नेछ ।