एजेन्सी । श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलके अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेका छन् ।
क्रिकेट समीक्षक रेक्स क्लेमेन्टाइनले सामाजिक सञ्जालमा शनिबार गुणाटिल्केलाई बलात्कारको आरोपमा पक्राउ गरिएको जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘गुणातिलके तीन साताअघि घाइते भएका थिए, त्यसपछि एसेल बन्दाराले टोलीमा स्थान पाएका थिए । तर टिम व्यवस्थापनले उनलाई फिर्ता पठाउनुको सट्टा अष्ट्रेलियामै राखेको थियो ।’
यस मामिलामा सिड्नी प्रहरीले एक विज्ञप्ति जारी गर्दै गत हप्ता सिड्नीमा एक महिलासँग कथित यौन दुराचारको आरोपमा श्रीलंकाली नागरिकलाई पक्राउ गरिएको जनाएको छ।
विज्ञप्तिमा कसैको नाम नखुलेको र चारवटा बलात्कार मुद्दामा पक्राउ परेको बताइएको छ ।
प्रहरीका अनुसार यी महिला विगत केही दिनदेखि अनलाइन डेटिङ एपमार्फत आरोपीसँग कुरा गरिरहेकी थिइन् । त्यसपछि दुवैको भेट भयो । उक्त घटना मंसिर २ गते आफूमाथि भएको महिलाले आरोप लगाएकी छन् ।
यस मामिलामा आइतवार सिड्नीको ससेक्स स्ट्रिटमा रहेको होटलबाट ३१ वर्षीय गुणातिलकेलाई पक्राउ गरिएको थियो ।