logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आफ्ना सबै उम्मेदवारहरुलाई कांग्रेसले दियो चुनाव खर्च

    आफ्ना सबै उम्मेदवारहरुलाई कांग्रेसले दियो चुनाव खर्च

    5.3K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई चुनाव लड्न खर्च दिएको छ । टिकट वितरण गर्दा नै कांग्रेसले उम्मेदवारलाई पैसा दिएको हो। मंसिर ४ मा हुने चुनावका लागि कांग्रेसबाट प्रतिनिधि सभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जनाले उम्मेदवारी दिएका थिए। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधि सभा उम्मेदवारका लागि चार लाख रूपैयाँका दरले पार्टीले चुनावी खर्च दिएको जानकारी दिए ।

    उनका अनुसार प्रदेश सभातर्फ उम्मेदवारका लागि भने दुई लाख रूपैयाँका दरले चुनावी खर्च दिइएको छ। ‘टिकटसँगै उम्मेदवारलाई चुनवी खर्च दिएका हौं,’ उनले भने, ‘पार्टीमा क्रियाशील सदस्यता, नवीकरण तथा लेबी लगायतबाट उठेको पैसा उम्मेदवारलाई चुनावमा खर्च गर्न दिइएको हो।’

    कांग्रेसले विगतका चुनावमा पनि उम्मेदवारलाई खर्च दिने गर्दथ्यो। ‘गिरिजाप्रसाद कोइराला सभापति हुँदादेखि नै उम्मेदवारलाई पार्टीले बाटो खर्च दिन थालेको थियो। यो प्रथालाई हामीले यसपालि पनि निरन्तरता दिएका हौं’ उनले भने।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend