logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ‘निर्वाचनमा मतपेटिका साटिन्छ कि भन्ने आशंका नगर्नुस्’

    ‘निर्वाचनमा मतपेटिका साटिन्छ कि भन्ने आशंका नगर्नुस्’

    2.6K
    Shares
    ‘निर्वाचनमा मतपेटिका साटिन्छ कि भन्ने आशंका नगर्नुस्’

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आईतबार काठमाडौंमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको सामूहिक छलफलमा यस्तो भनाई राखेका हुन् ।

    उनले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहोर्‍याउँदै आगामी निर्वाचनमा त्यस्तो कहीँकतै हुन नदिने दृढता समेत व्यक्त गरे । सेक्युरिटी कोडको आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा सो आयोगको मतपत्र हुनै नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको स्पष्टिकरण थियो ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले आफूले निर्वाचनमा मतपेटिका साटिन्छ भन्ने अनुभव कहिल्यै नगरेको बताए । उनले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाईका साथ लागि परेको समेत बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगरिदिन पनि अनुरोध गरे । त्यसका लागि सम्बन्धित पक्षले खवरदारी गरिदिनुपर्ने उनको भनाई थियो ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजहरुको अनुभवलाई आत्मासात गरेर अघि बढ्ने बताए । उनले भने, ‘भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्दछ । यसका लागि तपाईहरुको सहयोग, हाम्रो अभिभारा, अग्रजजीहरुको अनुभव, त्यसलाई फ्युजन गराएर हामी केही न केही नयाँपन निकाल्ने प्रयत्न गछौं । हाम्रो निष्ठामाथि शंका नगरिदिनोस् । बरु हामीलाई यसैगरी खवरदारी गरिदिनोस् ।’

    निर्वाचन आयोगले निर्वाचनमा करिव १० हजार पर्यवेक्षकहरु परिचालन गर्ने योजना रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तिमा एक जना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend