logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी : पर्यटनमन्त्री श्रेष्ठ

    देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी : पर्यटनमन्त्री श्रेष्ठ

    2.6K
    Shares
    देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी : पर्यटनमन्त्री श्रेष्ठ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी रहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित ‘रानी माया’ गीतको भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि प्रकृति, संस्कृति र शाहसिक खेलहरुको विकास गर्न जरुरी रहेको बताए । उनले नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर नेपालले पर्यटन क्षेत्रको विकास गर्न आवश्यक भएको जानकारी दिए । उनले मन्त्रालयले प्रकृति, संस्कृति र शाहसिक खेलहरुलाई मध्यनजर गरेर पर्यटन विकासका लागि काम अघि बढाइरहेको बताए । उनले देशको पर्यटन विकासका लागि सिनेमा, गीतको भिडियोहरुमा नेपालमा नै रहेका मौलिकता झल्काउने ठाउँको प्रयोग गर्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘हाम्रो देशको सभ्यता, संस्कृति जुन छ, त्यसको संरक्षण, संवर्द्धन गर्ने काम हामीले गर्नुपर्छ । हाम्रो पर्यटन क्षेत्रको प्रवर्द्धनको लागि नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर हामीले हाम्रो देशको पर्यटनलाई विकास गर्नुपर्छ । त्यही अनुसार मैले मन्त्रालयको कामहरु अघि बढाएको पनि छु । सांस्कृतिक, गीत, संगीत, सिनेमाहरुले पनि देशलाई चिनाउँछ । हामीले आफ्नै देशमा मौलिकताहरु झल्कने ठाउँको त्यसको उजागर गर्नुपर्छ ।’

    कार्यक्रममा महानायक राजेश हमालले रानी माया गीत हरेक दर्शकहरुका लागि मनोरञ्जन दिने सन्देशमुलक गीत रहेको बताए । ‘रानी माया’ बोलको गीत ढाका टोपी फिल्म्सको प्रस्तुतिमा सार्वजनिक भएको हो । जिबी आग्रीको निर्देशनमा रहेको गीत श्रीकृष्ण बम मल्लको शब्द र कृष्ण बिकको संगीत छ । साथै गीतमा कृष्णलाई समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन् । ११ मिनेट लामो गीतमा गायक बिक र अनु आचार्यको अभिनय छ । गीतको छायांकन सञ्जय लामाले गरेका छन् भने कोरियोग्राफी कविराज गहतराजको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend