logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ६ पुग्यो

    सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ६ पुग्यो

    2.9K
    Shares
    सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ६ पुग्यो

    काठमाडौं  । डोटीमा भूकम्पले घर भत्काउँदा मृत्यु हुनेको संख्या छ पुगेको छ ।

    मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो ।

    ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।

    यस्तै सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको छ ।

    गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ । एक दर्जनभन्दा बढी घाइते छन् । केहीको अवस्था गम्भीर रहेको छ ।

    मंगलबार राति २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज खप्तड बाबाको आश्रम केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

    यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो । गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend