logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • स्पेनिस ला लिगा: बार्सिलोनालाई ५ अंकको अग्रता, लेवान्डोस्की र पिकेलाई रातो कार्ड

    स्पेनिस ला लिगा: बार्सिलोनालाई ५ अंकको अग्रता, लेवान्डोस्की र पिकेलाई रातो कार्ड

    1.9K
    Shares

    काठमाडौं । एक शुन्यले पछि परेको स्थितिमा पुनरागमन जितसहित बार्सिलोनाले स्पेनिस ला लिगामा पाँच अंकको अग्रता बनाएको छ ।

    मंगलबार राति ओसासुनाको मैदानमा प्राप्त २–१ को जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग पाँच अंकको अग्रता लिएको हो ।

    बार्सिलोनाको जितमा पेड्री र राफिन्हाले एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । यस अघि खेलको छैटौं मिनेटमा घरेलु टोलीका डेविड गार्सियाले अग्रता लिएका थिए ।

    खेलको ३१औं मिनेटमा स्टार स्ट्राइकर रोवर्टाे लेवान्डोस्कीले रातो कार्ड सामना गर्दा बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । खेल अघि अघिल्लो हप्ता संन्यास लिएका जेरार्ड पिकेले समेत रातो कार्डको सामना गर्नु परेको थियो ।

    जितसँगै शीर्षस्थानको बार्सिलोनाले १४ खेलबाट ३७ अंक जोडेको छ । रियलले १३ खेलबाट ३२ अंक छ । ओसासुना १४ खेलबाट २३ अंक सहित  छैटौं स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend