logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सिन्धुपाल्चोकमा एचआइभी संक्रमितको संख्या १२१ पुग्यो

    सिन्धुपाल्चोकमा एचआइभी संक्रमितको संख्या १२१ पुग्यो

    1.9K
    Shares
    सिन्धुपाल्चोकमा एचआइभी संक्रमितको संख्या १२१ पुग्यो

    चौतारा । सिन्धुपाल्चोकमा एचआइभी सङ्क्रमितको सङ्ख्या एक सय २१ पुगेको छ । लामो समयदेखि जिल्लामा एचआइभी/एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहका अध्यक्ष किपक तामाङका अनुसार सङ्क्रमितहरूमध्ये ५३ महिला र ६८ पुरूष छन् ।

    जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सवैभन्दा बढी एचआइभी सङ्क्रमित भेटिएको छ । तीस जना सङ्क्रमितहरूमध्ये ११ महिला र १९ पुरुष रहेका छन् । गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ मा एचआइभी/एड्स देखिएको थियो ।

    समूहका अध्यक्ष तामाङका अनुसार यो सङ्ख्या अझै बढी हुनसक्छ । उनले भने, ‘यो तथ्याङ्क त हामीसँग सम्पर्कमा आएकाहरूको मात्रै हो, हामीजस्ता सङ्घसंस्थाहरूको सम्पर्कमा आउन नचाहनेको सङ्ख्या अझै बढी रहेको अनुमान गरेका छौँ ।’ मिर्मिरेको तथ्याङ्कमा जिल्लामा ६ बालबालिकामा एचआइभी पोजेटिज भेटिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend