logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • टोलटोलमा पुगेर मतदाता शिक्षा दिंदै आयोग

    टोलटोलमा पुगेर मतदाता शिक्षा दिंदै आयोग

    2.8K
    Shares
    टोलटोलमा पुगेर मतदाता शिक्षा दिंदै आयोग

    काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने भएको छ । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचारु गरेको जनाएको हो ।

    मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकता खटाएको बताएको छ । गत स्थानीय तहको निर्वाचनमा प्रभावकारी नभएका कारण स्थगन गरेको भएपनि आयोगले यस पटक भने कात्तिक १८ गतेदेखि नै मतदाता शिक्षा शुरु गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    उनले निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउनको लागि मतदाता शिक्षा निर्देशिका, २०७९ निर्माण गरी मतदाता शिक्षा दिइरहेको बताए । उनले निर्देशिकाले समेटेका विभिन्न कार्यक्रम सञ्चालनका लागि मतदाता शिक्षा सामग्रीहरु छपाएर सबै स्थानीयहरुमा वितरण भइसकेको जानकारी दिए ।

    सहप्रवक्ता अर्यालले मतदाता शिक्षाको लागि अडियो सामग्री रेडियो र भिडियो सामग्री टेलिभिजन तथा अनलाइनमार्फत प्रशारण भइरहेको बताए । उनले एक महिना अगाडिबाट नै आयोगले नमूना मतपत्रहरु प्रत्येक जिल्ला निर्वाचन कार्यालयमार्फत जिल्लाका प्रत्येक नगरपालिका र गाउँपालिकामा पुर्‍याएर नगर र पालिकाको एक स्थानमा नमूना मतदान गर्नेगरी बजेटको व्यवस्था समेत गरेको छ ।

    मुलुकभरका ६ हजार ७५३ वडामा कार्यकर्तामार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । सहप्रवक्ता अर्यालले स्थानीय तहको मातहतमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएकाले विगतको तुलनामा यो निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुने विश्वास लिएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend